कार्तिक २४ –गणेशमान सिंह शान्ति प्रतिष्ठान र नेपाल कराते महासंघको संयुक्त आयोजनामा आजबाट ४४ औं राष्ट्रिय कराते प्रतियोगिता शुरु हुदैछ । तीनदिने प्रतियोगिता आजदेखि ललितपुरको चापागाउँमा सुरु हुने आयोजक रामकृष्ण चित्रकारले जानकारी दिनुभयो । गणेशमान सिंहको जन्म शताब्दीको उपलक्ष्यमा हुने प्रतियोगितामा पाँच विकास क्षेत्र, राष्ट्रिय टिम, नेपाली सेना, नेपाल प्रहरी, एपीएफ र विश्वविद्यालय गरी जम्म १० टिमको सहभागिता रहनेछ । आयोजकका अनुसार १० टिमबाट २ सय २० खेलाडीले पुरुषमा ९ र महिलामा ८ गरी कुल १७ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment