कािर्तक २५ –एक सातासम्म स्थगित भएको संविधानसभा संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितीको बैठक बसिरहेको छ । सिंहदरवारमा जारी बैठकमा विवादित बिषयमा सहमति खोज्ने प्रयास भैरहेको छ । सत्तामा रहेका दल नेपाली कांग्रेस र नेकपा एमालेले राज्यपुनरसंरचनाका लागि सात प्रदेशको खाका पेश गरेपछि विवादित विषयमा थप विवाद बढेको छ ।
आजको बैठकमा काग्रेस एमालेको ७ प्रदेशको प्रस्ताबलाई छलफलका लागि अडागी बढाउने वा के गर्ने भन्नेमा छलफल भैरहेको  छ ।  काग्रेस, एमालेका शिर्ष नेताहरु बैठकमा उपस्थित भएपनि बैठक नसकिदै बाहिरिनुभएको छ । काग्रेस सभापति सुसिल कोईराला र एमाले अध्यक्ष केपी शर्मा ओली बैठकबाट बाहिरिनु भएको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकमा नभएपछि उहाँहरु पनि बैठकबाट बाहिरिनुभएको हो । कांग्रेस एमालले उनिहरुले पेश गरेको सात प्रदेशको प्रस्तावमा संवैधानिक समितीमा छलफल हुनुपर्नेमा जोड दिएका छन् भने प्रमुख प्रतिपक्षि एमाओवादी सहित विपक्षी दलहरुले उनिहरुको प्रस्ताव कुनै पनि हालतमा स्विकार गर्न नसक्ने बताएका छन् । सभापति बाबुराम भट्टराई अस्वस्थ भएपछि समितीको बैठक गत मंगलबारदेखि बस्न सकेको थिएन ।

Post a Comment

 
Top