कािर्तक २५ –सरकारले १८ औं सार्क शिखर सम्मेलनको सबै तयारी करिब पूरा भएको जनाएको छ । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सार्क सम्मेलन मुल तयारी समितिको सिंहदरबारमा आज बसेको बैठकमा सार्कका लागि भएको कामबारे छलफल भएको छ । बैठकमा आसन्न सार्क सम्मेलनको तयारीबारे सम्बन्धित मन्त्रालय र सरोकारवालाहरुले जानकारी गराएका थिए । बैठकपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सबै मुलुकका राष्ट्र र सरकार प्रमुखलाई निमन्त्रण पुगिसकेको र सबैले आउने जानकारी गराएको बताउनुभयो । 

Post a Comment

 
Top