कािर्तक २५ –बाराको गढीमाई मेलामा हुने क्रुर पशुबली रोक्न नेपाललाई विश्वभरका पशुअधिकारकर्मीले दबाब बढाउँदै लगेका छन । धर्मका नाममा निर्दोष प्राणिको बलि दिने मेलाका विरुद्ध फ्रान्सेली नायिका ब्रिजिट बार्डोटले राष्ट्रपति रामबरण यादवलाई खुला पत्र लेख्नुभएको छ । पशुअधिकारका विषयमा वकालत गर्दै आउनुभएकी ब्रिजिटले पशुबलीको कुरिति रोकेर कालान्तरसम्मका लागि शान्ति र सद्भावको सन्देश दिनसमेत आग्रह गर्नुभएको छ ।
आफूले राष्ट्रपतिलाई सन् २००९ मा लेखेको पत्रको कुनै जवाफ नपाए पनि अब भने सकारात्मक परिणाम आउनेमा आफु विश्वस्त भएको उहाँले बताउनुभएको छ । ‘२ लाख ५० हजार राँगा, सुँगुर, कुखुरा, परेवा, हाँस र सेतोमुसाको बली दिइने यो मेलालाई संसारले बेचैनीपूर्वक हेर्नेछ,” ब्रिजिटले पत्रमा लेख्नुभएको छ  । विश्वका निम्ति यो अत्यन्तै रक्त पिपासु परम्परा भएको उल्लेख गर्दै फ्रान्सेली नायिकाले नेपालले प्राणीहरुलाई आघात नगर्ने सन्देश प्रवाह गरेर झन धेरै आध्यामिक भावना फैलाउन सक्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । यसअघि बेलायतमा पनि गढीमाईमा हुने पशुुबली मेलाका विरुद्ध बिरोध प्रदर्शन भएको थियो ।

Post a Comment

 
Top