मंसिर १२ –सार्क सम्मेलनमा सहभागी हुन आउनुभएका बांगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद र भुटानी प्रधानमन्त्री छिरिङ तोग्बे आज स्वदेश पर्कदै हुनुहुन्छ । अन्य सार्क राष्ट्रका प्रतिनिधि भने हिजो नै स्वदेश फर्किसक्नु भएको छ । बंगलादेशी प्रधानमन्त्री बाजेद साढे १० र तोग्वे साढे ११ बजे स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ । सार्क राष्ट्रका बिशिष्ट पाहुनाहरु स्वदेश फर्किएपछि आज सम्मकालागि सरकारले सवारी साधन सन्चालनमा लागु गरेको जोर–बिजोर प्रणाली पनि सकिने छ । आज दिउँसोदेखि नै जोर बिजोर प्रणालीलाई खुकुलो पारिने ट्राफिक प्रहरीले जनाएको छ । जोर बिजोर प्रणाली गत सोमबारदेखि लागु गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment