मंसिर १२ –बाराको बपरीयापुरस्थित विश्व प्रसिद्ध पञ्चवर्षीय बली प्रदान गरिने गढीमाई मेलामा आजदेखि पशु बली दिन शुरु गरिदै छ । आज बिहान १० बजेदेखि पशुबली दिने कार्य सुरु हुने गढिमाइका मुल पुजारी मंगल चौधरीले जानकारी दिनुभयो । गढीमाई मन्दिरदेखि करिब १०० मिटर पूर्व रहेको ब्रह्मस्थानमा माई आउने भएकाले पञ्चबलीसहित ब्रह्मस्थलमा माईको पूजाअर्चना गरी खिर भोजन गराउने प्रचलन छ । शुरुमा सेतो जंगली मुसा, परेवा, कुखुरा, हाँस र सुगुर र रागाको पन्चबली दिने प्रचलन छ । बलि दिन नेपाल र भारतका हज्जारौ भक्तजन मेला स्थलमा जम्मा भएका छन् । आज ५ हजार भन्दा बढि रागाको बली दिइने मेल व्यबस्थापन समितिले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment