मंसिर १२ –धनुषाको जनकपुरमा मनाइने विवाह महोत्सवको आज अन्तिम दिन, रामकलेवा अर्थात् जन्तीको बिदाइ समारोह गरी समापन गरिँदैछ । राम सीताको विवाहका लागि जनकपुरमा जम्मा भएका नेपाल र भारतका हजारौं जन्ती र श्राद्धालुलाई बिहान आयोजना हुने कार्यक्रमबाट बिदाइ गरिन लागेको हो । हिजो मैथिली पम्परअनुसार महोत्सवको मुख्य दिन भगवान् रामको सीतासँग विवाह गरी मनाइएको थियो । हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह महोत्सव मंगलबारदेखि सुरु भएको थियो ।

Post a Comment

 
Top