मंसिर १२ –नेकपा–माओवादीको केन्द्रीय विस्तारित बैठक आजदेखि पुनः सञ्चालन हुने भएको छ । बिहान ११ बजेपछि जनवर्गीय संगठनको कार्यालय कुपोण्डोलमा बस्ने बैठकमा सांगठनिक संरचना र आगामी कार्यदिशाबारे छलफल हुने माओवादीले जनाएको छ । सचिव नेत्रविक्रम चन्द पक्ष यही मंसिर ८ गते फुटेर गएपछि भत्किएको सांगठनिक संरचनालाई पूर्णता दिन माओवादी लागिपरेको छ । पार्टी कार्यदिशामा असहमति जनाउँदै चन्द पक्ष अलग भएपनि माओवादी संस्थापन पक्षले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा यथावत् रहेको स्पष्ट पारेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment