मंसिर १२ –नेपाली लोकबाँजा संग्राहालयको आयोजनामा चौथो अन्तराष्ट्रिय लोक संगित चलचित्र महोत्सब आजदेखि काठमाण्डौमा शुरु हुदै छ । कालिकास्थानमा रहेको सर्बनाम थियटरमा आयोजना हुने महोत्सबमा चारवटा महादेशका २० देशले सहभागिता जनाउने छन् । महोत्सबको मुख्य आर्कषणका रुपमा सन् १९३१ मा भिम समशेरको पालामा बनेको नेपाली चलचित्र देखाइने छ । महोत्सबमा नेपाली सस्कृतिको अनुसन्धानमा लामो समय बिताउनु भएकी चन्द्रकला शाहालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने लोकबाँजा संग्राहालयका सस्थापक रामप्रसाद कडेलले जानकारी दिनुभयो । तीन दिन सम्म चल्ने महोत्सब पाँच हजार दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ ।

Post a Comment

 
Top