राम बहादुर दानी मँसिर–१३– डोटीको दीपायलबाट कन्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५४ २० नम्बरको बस गए राती कैलालीको सहजपुर गाविस २ मा शुक्रबार मध्यरातमा बस पल्टिँदा ९ जनाको ज्यान गएको छ । डोटीको दीपायलबाट कन्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५४ २० नम्बरको बस भीमदत्त पन्त राजमार्गको सहजपुरमा भासे भीर नजिकै सडकबाट खस्दा अरु २४ जना घाइते भएका कैलालीका डिएसपी विक्रम बहादुर चन्दले जानकारी दिनुभयो । दुर्घटनामा ५ जना पुरुष, ३ जना महिला र १ जना बच्चाको ज्यान गएपनि सनाखत भने हुन सकेको छैन । अहिले पनि उद्धारको काम चलिरहेको प्रहरीको भनाई उद्धृत गर्दै र घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ । दुर्घटनाँ के कसरी भएको हो र केकति क्षेती भयो भनेर अझै सम्म पुरा जानकारी नआएको र मृतकको सँख्या बढेन सक्ने जिल्ला प्रहरी कार्यलय कैलालीले बताएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment