सुदूरपश्चिमको दिपायलबाट महेन्द्रनगर आउँदै गरेको बस कैलालीको सहजपुर गाविस– २ मा गएराति भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ जना पुगेको छ । डोटीको दिपायलबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको ना५ख ५४२० नम्बरको बस भीमदत्तपन्त राजमार्गको सहजपुरमा भासु भिर नजिकै सडकबाट खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ११ जना पुगेको घटनास्थलबाट प्रहरी नायब निरीक्षक गोविन्दपल्व भट्टले बताउनुभयो । पाँच पुरुष, तीन महिला र एक बच्चाको शव घटनास्थलबाटै उद्धार गरिएको छ । दुई जनाको उपचारका क्रममा मृत्यु भएको खबर छ प्रनानि भट्टले भन्नुभयो ।” प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा दङ्गा प्रहरी गण महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलालीलगायतका प्रहरी अधिकारीको टोली त्यहाँ पुगेको छ । सो दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल र सेवा नर्सिङ होममा पु¥याइएको छ ।

Post a Comment