गोरखा, कार्तिक २६–जिल्ला विकास समितिले सोमबारबाट सुरु भएको आर्थिक बर्ष २०७०÷०७१ को बार्षिक समिक्षा गोष्ठिको तेस्रो दिन आज पनि विभिन्न कार्यालयको प्रतिवेदन माथी समिक्षा भएको छ । आज गोरखामा काम गर्दै आएको गैर सरकारी संघसंस्था, जिल्ला विकास समिति र गाविसहरुको प्रतिवेदन माथी छलफल भएको छ । जिल्ला विकास समिति गोरखाले आर्थिक बर्ष २०७०÷०७१ मा ५ झोलुङ्गे पुल मर्मत तथा निर्माण गरेको छ । ३० लाख ३९ हजार ५ सय १७ को कुल लगानी ५ झोलुङ्गे पुल मर्मत गरेको जिल्ला विकास समितिको प्रतिवेदनमा उल्लेख छ । यस्तै, स्थानिय स्तरका सडक पुल तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत १ करोड ३९ लाख ९० हजार ७ सय ८० निकास गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

Post a Comment

 
Top