गोरखा, कार्तिक २६– गोरखा सदरमुकाममा विगत केही दिन यता खानेपानी अवरुद्ध भएको छ । विद्युतको हाई भोल्टेजका कारण पानी तान्ने स्पीयर मोटरको प्यानल बोर्ड कनेक्टर विक्रेको कारण  कारण खानेपानी अवरुद्ध पृथ्वि नारायण खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कोषाध्यक्ष विनोद अर्यालले जानकारी दिनुभयो । प्यानल बोर्ड गोरखामा उपलव्ध नहुने भएकोले समयमै पानी वितरण गर्न नसकेको उहाँले बताउनुभयो ।  प्यानल बोर्ड सहित प्राविधिकको टोली काठमाण्डौबाट आउदै गरेकोले सम्भव भएसम्म आज साझ नै मर्मत गरी भोली विहान सम्ममा खानेपानी वितरण गर्ने अर्यालको भनाई छ । भोली दिनभरीमा जसरी भएपनि पानी वितरण गर्ने भन्दै समितिका सवै सदस्य र कर्मचारी लागि परेको उहाँले जानकारी दिनुभयो । विग्रेको मोटर बनाउने क्रममा एक जना कर्मचारी तिलक थापा मगर घाईते हुनुभएको छ । घाईतेको काडमाण्डौमा उपचार भईरहेको छ । कर्मचारी तिलक थापा मगरको बुढि औलाको हातको हड्डी फुटेको र भोली अप्रेशन गरिने कार्यालयका एक कर्मचारीले जानकारी दिनुभयो । सदरमुकाममा खानेपानी वितरण गर्दै आएको एक मात्र खानेपानी पटकपटक अवरुद्ध हुदा उपभोक्ताहरुले शास्ती खेप्दै आएको छ । सदरमुकाममा विगत ३ दिन देखी खानेपानी अवरुद्ध भएको छ ।

Post a Comment

 
Top