गोरखा, कार्तिक २६–गोरखा जिल्लामा बसोवास गर्दै आएका वास्तविक सुकुम्वासी, भुमिहिन र अव्यवस्थित बसोवासीलाई व्यवस्थित बनाउनको लागि सुकुम्वासी समस्या समाधान जिल्ला समिति गोरखाले गत असोज २६ गतेदेखी आह्वान गरेको आवेदन फारम भर्नेको अहिले घुईचो लागेको छ । हाल सम्म १५ सय ७८ जनाले अव्यवस्थित बसोबासी, २ सय १ जनाले बास्तविक सुकुम्वासी र २९ जनाले भुमिहिन गरि कुल १८ सय ८ जनाले आवेदन भरेको सुकुम्वासी समस्या समाधान जिल्ला समिति गोरखाको अध्यक्ष सम्झना देवकोटाले जानकारी दिनुभयो । अव्यवस्थित बसोबासीमा आवेदन भर्नेहरुमा धेरै पालुङ्टार, च्याङ्ली, थुमी, सामागाँउ, ल्हो र प्रोकका रहेको देवकोटाले जानकारी दिनुभयो । आवेदन फारम भर्ने समय यहि कात्तिक ३० गते सम्म मात्र भएकोले जिल्लाको नगरपालिका लगायत सवै गाविसहरुमा प्रचार प्रसार भईरहेको उहाँको भनाई छ । आवेदन फारम भर्ने म्याद गुज्रे पछि आवेदकहरुको घरघरमै गई छानविन गरी जग्गाको भरपाई गरिने र लालपुर्जा उपलव्ध गराउने बताईएको छ ।

Post a Comment

 
Top