कार्तिक २० –कुवेतस्थित नेपाली दूतावासको आश्रयस्थलमा रहेका महिला श्रमिकको अवस्थाबारे जानकारी लिन सात सदस्यीय कार्यदल गठन भएको छ । व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले नेपाली काँग्रेसका सांसद शिवबहादुर खड्का संयोजक रहेको सात सदस्यीय उपसमितिस्तरको कार्यदल गठन गरेको हो । सो कार्यदललाई ती निकायहरूबाट जानकारी लिई तीन साताभित्र प्रतिवेदन पेस गर्ने अधिकार दिइएको छ ।
बैठकले देशका विभिन्न कारागारको व्यवस्थापन र त्यहाँ रहेका बन्दीको मानवाधिकारको अवस्थाका बारेमा स्थलगत अध्ययन अवलोकन गरी सुझावसहित तीन साताभित्र प्रतिवेदन पेस गर्न नेकपा एमालेका सभासद पाँचकर्ण राईको संयोजकत्वमा सात सदस्यीय उपसमितिस्तरीय कार्यदल पनि गठन गरेको छ । त्यसैगरी बैठकले एनेकपा माओवादीका सांसद हितराज पाण्डेको संयोजकत्वमा १३ सदस्यीय शान्ति तथा पुनःनिर्माण उपसमिति, नेकपा एमालेका सांसद टुकाभद्र हमालको संयोजकत्वमा मानवाधिकार उपसमिति र नेपाली काँग्रेसका मुख्तार महमदको संयोजकत्वमा १४ सदस्यीय सामाजिक न्याय उपसमिति पनि गठन गरेको छ ।
Post a Comment