कार्तिक २० –भोलीदेखि सुरु हुने अभ्यास तथा मैत्रीपूर्ण म्याचका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका जाँदैछ । पारस खड्काको नेतृत्वमा १५ सदस्यीय क्रिकेट टोली आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु क्रिकेटको तयारी स्वरुप श्रीलङ्का जान लागेको हो । टोली अपरान्ह ४ बजे श्रीलङ्का प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालले श्रीलंकासंग २ तिन दिवसीय, हङकङसंग ३ वटा ट्वान्टी–ट्वेन्टी म्याच तथा १ एकदिवसीय क्रिकेट खेल्ने कार्यक्रम छ ।
टोलीमा खड्का सहित, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिल कुमार मण्डल, करण केसी, प्रदीप ऐरी, सुवास खकुरेल र शक्ति गौचन छन् । त्यस्तै वसन्त रेग्मी, भुवन कार्की, सोमपाल कामी, सागर पुन, अमृत भट्टराई, नरेश बुढाएर र राजेश पुलामी पनि राष्ट्रिय टोलीमा छन् ।

Post a Comment