कार्तिक २० –चर्चित पत्रिका फोब्र्सले यसवर्षको विश्वका शक्तिशाली व्यक्तिको नामावली सार्वजनिक गरेको छ । यसवर्ष रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले विश्वका सबै व्यक्तिलाई उछिन्दै सबैभन्दा शक्तिशाली व्यक्तिको छवि बनाउनुभएको छ । उहाँले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पनि पछाडी पार्नुभएकोे छ । ओबामा यसवर्ष पनि हक्तिशाली ब्यक्तिको दुई नम्बरमा हुनुहुन्छ । शक्ति शाली हस्तीको सुचिमा चीनका राष्ट्रपति सि जिन पिङ तेस्रो नम्बरमा हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको शक्तिशाली हस्तीको पन्ध्रौ स्थनमा सूचीकृत हुनुभएको छ । यसैगरी जर्मन चान्सलर एन्जेला मार्केल पाचौं, विश्वकै सबैभन्दा धनी विल गेट्स सातौं, र ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरुन १० औं स्थानमा हुनुहुन्छ ।

Post a Comment

 
Top