कार्तिक २० –अछाममा नेपाल टेलिकमका नक्कली रिचार्ज कार्ड बिक्री वितरण हुने गरेका छन् । जिल्लाका व्यापारिक केन्द्रमा रहेका डिलरबाट नमस्तेको १ सयको नक्कली रिचार्ज कार्ड बिक्री हुने गरेको पाइएको हो । जिल्ला सदरमुकाममा रहेको एक डिलरबाट तीन हजारका रिचार्ज कार्ड लिएको र आफूले रिचार्ज गर्दा नभएको अछामको चालसा गाविसका जीवन थापाले बताए ।
यस्तै जिल्लाको कुईका गाविसका लोकराज ढकालले स्थानीय बजारमा आफूले खरिद गरेको दुईवटा नमस्तेको रिचार्जकार्ड रिचार्ज नभएको नेपाल टेलिकमको सर्भिस सेन्टरमा सोध्दा सो रिचार्ज कार्ड नम्बर नरहेको र स्थानीय डिलरमा लैजान भनेकाले आफू डिलरमा जाँदा रिचार्ज फिर्ता नपाएको बताएका छन् । यस्तै मङ्गलसैन नगरपालिका–६ का देवराज भण्डारीले र विनायकका रामबहादुर रावतले खरिद गरेको रिचार्ज कार्ड पनि यस्तै भएको थियो । नेपाल टेलिकमले भने यसबारे जानकारी नभएको बताएको छ ।

Post a Comment