कार्तिक २० –संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई अस्वस्थ हुनुभएको छ । संविधानका विवादित विषयमा सहमति जुटाउन सक्रिय रहेको बेला उहालाई भाइरल ज्वरो आएको छ । आज बिहान फेसबुक पेजमा भाइरल ज्वरोका कारण केही दिन पूर्ण आराम गर्न डाक्टरले सल्लाह दिएको भट्टराइले उल्लेख गर्नुभएको छ । संविधानका विवादित विषयमा सहमति जुटाउन र आपसी अविश्वास हटाउन भन्दै मुख्य दलहरुले फेरि छलफललाई तिब्रता दिने बताएकै बेला भट्टराई बिरामी पर्नुभएको हो । भट्टराई केहि दिन यता संबिधानका बिबाद सहमतीबाटै टुंगो लगाउनु उपयुक्त हुने भन्दै छलफलमा व्यस्त हुनुहुन्थ्यो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment