कार्तिक २० –आगामी मङ्सिर १० र ११ गते काठमाडाँैमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८ औँ शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौँ घोषणापत्र लेखनलगायत अन्य कागजी तथा भौतिक पूर्वाधार सम्मका सबै काम अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ । भौतिक तर्फ सम्मेलन स्थल र बाटोघाटोको मर्मत, सुधार, रङ्गरोगन, सरसफाइ, सवारी साधन र सञ्चारको व्यवस्थापनलगायतलाई दुई भागमा विभाजन गरी कामलाई सरकारले तीव्र गतिमा अघि बढाइरहेको छ । सम्मेलनको तयारीसम्बन्धी कामलाई व्यवस्थित ढङ्गबाट अघि बढाउन परराष्ट्र मन्त्रालयले सहसचिवको संयोजकत्वमा समिति बनाएर जिम्मेवारी तोकेको थियो ।

परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास बैरागीले अब, पूरा गर्न बाँकी सम्मेलन स्थल राष्ट्रिय सभागृह र विशिष्ट व्यक्तिले प्रयोग गर्ने बाटोको मर्मत सुधार तथा  सरसफाइको कामलाई तीव्रताका साथ अघि बढाउने काम जारी रहेको जानकारी दिनुभयो । तयारीका हिसाबले ८५ प्रतिशत काम सकिएको र  काठमाडाँै घोषणापत्रको मस्यौदासमेत तयार गरेर सार्क सचिवालयमार्फत कूटनीतिक माध्यमबाट सबै सदस्य राष्ट्रहरुमा पु¥याइसकिएको उहाँले जानकारी दिनुभयो ।

Post a Comment

 
Top