कार्तिक २० –सक्तारुढ दलले पेस गरेको सात प्रदेशको प्रस्ताबले दलहरुबीच बढेको धु्रबिकरण हटाउन भन्दै आज बिहान बसेको प्रमुख दलहरुको बैठक बिना निष्कर्ष सकिएको छ । प्रमुख सक्तारुढ दल काग्रेस–एमाले र प्रमुख प्रतिपक्षी एकीकृत माओबादीबीच आज बिहान सभाखुको कार्यकक्ष नयाबानेश्वरमा भएको छलफल निष्कर्ष पुग्न नसकेपछि अर्को बैठक साँझ ५ बजेको लागि बोलाइएको छ । बैठकपछि एमाले नेता माधबकुमार नेपालले दलहरुबीच द्वन्द्वबढ्ने अवस्था आएको भन्दै त्यसोे हुन नदिन दुई दिन सम्म नेताहरुबीच छलफल गर्ने सहमती भएको जानकारी दिनुभयो ।
उहाका अनुसार सम्बाद समिति सभापति बाबुराम भट्टराई अस्वस्थ भएकोले भोली र पर्सि सम्बाद समिति बैठक नबोलाउने पनि दलहरुबीच सहमती भएको छ । यस्तै एमाले उपाध्यक्ष भिम राबलले आजको बैठकमा सक्ता पक्ष र प्रतिपक्षबीच खुलेर कुरा भएको र थप छलफल गर्न साँझ ५ बजे अर्को बैठक बस्ने जानकारी दिनुभयो ।
बैठकमा काग्रेसका सभापति एवम् प्रधानमन्त्री शुशिल कोइराला र उपसभापति रामचन्द्र पौडेल, एमालेका अध्यक्ष केपी ओली, नेता माधब कुमार नेपाल र उपाध्यक्ष भीम राबल तथा माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता गिरिराजमणी पोख्रेल, सभामुख नेम्वाङ, सम्बाद समिति सभापति बाबुराम भट्टराई, मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौला सहभागि थिए ।

Post a Comment