कार्तिक २० –नेकपा एमालेका सभासदहरुले संविधानका बिवादित मुद्धामा पार्टीको एजेन्डालाई बेवास्था गरेको भन्दै नेतृत्वको चर्काे आलोचना गरेका छन् । सभासदहरुले कांग्रेससंग मिलेर साझा प्रस्ताव बनाउदा पार्टीमा छलफल नगरेको भन्दै गम्भीर आपति जनाएका हुन् । आज संसदीय दलको बैठकमा सभासदहरुले शासकीय स्वरुपमा कार्यकारी प्रधानमन्त्रीमा नै फकिर्न दवाव पनि दिएका छन् । अधिकांस सभादहरुले पार्टीभन्दा पनि व्यक्तिगत ढंगले चलेको भन्दै अध्यक्ष केपी ओलीको आलोचना गरेका छन् । संसदीय दलको बैठक नबोलाएको, सिंगो पार्टीलाई वेवास्था गरेको भन्दै नेतृत्वको आलोचना भएको एक सभासदले जानकारी दिएका छन् । आफ्नो पार्टीको घोषणा पत्र भन्दा पनि काग्रेसको घोषणा पत्र अनुसार हिडेको सभासदहरुको आरोप थियो ।

Post a Comment

 
Top