कार्तिक २२ –एकिकृत नेकपा माओवादीको नेतृत्वमा रहेको २२ दलिय मोर्चाले आज जनकपुरमा विरोध प्रर्दशन तथा सभा गर्दैछ । माध्यान्न हुने सभालाई एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्चछेदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यावद, संघिय समाजवादीका अध्यक्ष अशोक राई लगायत २२ दलका प्रमुख नेताहरुले सम्बोधन गर्नेछन् । सभामा सम्बोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड सहित नेताहरु बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्ने उहाँका प्रेस संयोजक शिब खकुरेलले जानकारी दिनुभयो ।
२२ दलले पहिचान सहितको संघियता र संघियता सहितको नयाँ संविधान निमार्णमा दबाब दिन तथा सत्तासिन दलहरुले धर्मनिरपेक्षता, समानुपातिक, समावेसीताका मुद्धालाई छाड्दै गएको विरोधमा जनप्रर्दशन र विरोधसभा गर्दै आएका छन् । दोस्रो चरणका कार्यक्रम कार्तिक १८ गते पाँचथरको फिदिमबाट शुरु गरेका दलहरुले आज जनकपुरमा सभा गर्न लागेका हुन् । सहमतिको संविधान नबाउने खेलमा सत्तामा रहेका दलहरु लागेकाले आन्दोलनको बाटो रोज्नु परेको २२ दलको भनाइ छ ।

Post a Comment

 
Top