कार्तिक २२ –पार्टी भित्र केहि समय यता अलग–अलग भेलाको सामना गरिरहेको काग्रेसमा आज असन्तुष्ट नेताहरुले काठमाडौंमा भेला गर्दै छन् । अनुशासनको कारबाहीमा परेर असन्तुष्ट बनेकाहरुले आज काठमाण्डौमा भेला गर्न लागेका हुन् । पार्टीलाई सशक्त बनाउन एवम् कारबाही फिर्ता गराउने दबाबस्वरुप राष्ट्रिय भेला आयोजना गरिएको आयोजक मध्येका एक सुशिलमान शेरचनल जानकारी दिनुभयो ।
संविधानसभा निर्वाचनमा आधिकारिक उमेद्धवारको विरुद्धमा लागेको, पार्टीका उमेद्धवारलाई हराउन लागेको भन्दै काँग्रेस अनुशासन समितिले विदेश विभाग प्रमुख सुजुता कोइराला, विदुर पौडेललगायत १ सय ८३ पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कारबाहीको सिफारिश गरेकोे थियो । यसअघि काग्रेसका नेता खुमबहादुर खड्कालगायतले हिन्दु राष्ट्र कायम गर्न दबाब दिन भन्दै बिहिबार राजधानीमा छुट्टै भेला गरेका थिए ।

Post a Comment