कार्तिक २२ –पछिल्लो समय साना तथा घरेलु उद्योगको सञ्चालन अवस्था कमजोर बन्दै जाँदा आधाभन्दा बढी उद्योग बन्द भएका छन् । साना तथा घरेलु उद्योग महासङ्घका अनुसार दर्ता भएका तीन लाख उद्योगमध्ये एक लाख ४० हजार उद्योग मात्र सञ्चालनमा छन् । ग्रामीण भेगमा साना उद्योगको वित्तीय पहुँच कमजोर भएका कारण खर्च धान्न नसकेर उद्योग बन्द हुने गरेको महासङ्घका अध्यक्ष श्याम गिरीले जानकारी दिनुभयो । महासङ्घको अध्ययनअनुसार कतिपय उद्योगी सञ्चालकले बैंकबाट सस्तोमा ऋण पाउन पनि एक व्यक्तिले धेरै उद्योग सञ्चालनमा ल्याएका कारण  उद्योग सञ्चालनको अवस्था कमजोर बन्ने गरेको छ ।

Post a Comment

 
Top