कार्तिक २२ –दलहरुबीचको सम्बन्ध चिसिएर संबिधान निमार्ण अलपत्र परेका बेला आज सक्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओबादी बीच छलफल हुदै छ । छलफल केहिबेर पछि एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शुरु हुने छ । बैठकमा दलबीचको सम्बन्ध सुधार गर्दै संबिधान निमार्णलाई कसरी सहज बनाउने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । संघियतामा सक्तारुढ काग्रेस–एमालेले पेस गरेको सात प्रदेशको प्रस्ताबका कारण दलहरुबीच ध्रुबिकरण बढेका बेला आज दुई दलबीच छलफल हुन लागेको हो ।सम्बाद समितमा पेस भएको सात प्रदेशको प्रस्ताब समितिबाट पारीत गरेर संबिधान सभामा लाने तयारी सक्तारुढ दलले गरेको भएपनि एकीकृत माओबादी सहित मधेसबादी दलहरुले त्यसलाई अस्वीकार गरेपछि दलहरुबीच थप तिक्तता बढेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment