कार्तिक २७ –एकीकृत नेकपा माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयताका नाममा काग्रेस एमालेले बेइमानी गरेको बताउनुभएको छ । काग्रेस–एमालेले संधियतालाई भौगोलिक विभाजन र विकेन्द्रीकरणमा मात्रै सिमिति गरेर जनतामाथि बेइमानी गरेको प्रचण्डको भनाई छ । रोल्पाको माडिचौरमा आज बिहान भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघियताले जनतालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा कांग्रेस एमाले भौगोलिक विभाजन र बिकेन्द्रीकरणमा मात्रै सिमित गर्न लागेको भन्दै असन्तुष्टि जनाउनुभयो ।
काग्रेस एमालेको बेइमानीबिरुद्ध अब देशका ७५ वटै जिल्लामा शान्तिपूर्ण आन्दोलनको आवश्यकता रहेको र त्यसका लागि जनता जुरुक्कै उठ्ने भन्दै उहाँले विगतमा जस्तै रोल्पालीले अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गनुृभयो । गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी व्यबस्थाका बिरोधीहरु कांग्रेस एमालेको नेतृत्वमा रहेकोले ति उपलब्धी धरापमा परेको भन्दै संस्थागत गर्नका लागि दबाब दिन शान्तीपुर्ण जनआन्दोलनका लागि प्रचण्डले स्थानीयलाई आग्रह समेत गर्नुभयो ।

शान्ति सझौतामा हस्तक्षारकर्ता गिरिजाप्रसाद कोइराला जिबित भएको भए यस्तो बेइमानी नगर्ने भन्दै प्रचण्डले अहिलेका कांग्रेस–एमालेका नेताहरुले नैतिकता गुमाएर जनतामाथि बेइमानी गरेको टिप्पणी गर्नुभयो । देशमा संकट पर्दा आफु रोल्पा पुग्ने गरेको भन्दै अहिले पनि देश र पार्टीमा संकट आएकोले आपूm त्यहाँ पुगेको प्रचण्डको भनाई छ । प्रचण्डसहितको टोली काठमाडौ प्रस्थान गरेको टोलीमा सहभागी सहकर्मी श्रीधर न्यौपानेले जानकारी दिनुभयो । दलीय छलफलका लागि भन्दै प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङलगायतले काठमाडौं फर्कन पटक–पटक आग्रह गरेपछि उहाँ रोल्पा भ्रमण छोट्याएर एकदिन अघि नै काठमाण्डौ प्रस्थान गर्नुभएको हो । टोलीमा अध्यक्ष प्रचण्डसहित महासचिब कृष्णबहादुर महरा, सचिव वर्षामान पुन, स्थायी समिति सदस्य नन्दकिशोर पुन, नेता चन्द प्रकाश खनाललगायत सहभागी छन् । अध्यक्ष प्रचण्ड चाडै आइपुगे आजै दलहरुबीच छलफल गर्ने तयारी भैरहेको छ ।

Post a Comment

 
Top