कार्तिक २७ –सल्यानका दर्जन बढि गाविस पशुपालनका लागि पकेट क्षेत्र घोषणा भएका छन् । आज जिल्ला पशु कार्यालय सल्यानले गरेको कार्यक्रममा जिल्लाका दर्जन गाविसलाई पशुपालनका लागि पकेट क्षेत्रका रुपमा घोषणा गरेको हो । उन्नत जातको बाख्रा पालनका लागि क्षेत्र न १ मा कजेरी, सिद्धेश्वरी, र डाडाँगाउँ गरेका छन यस्तै क्षेत्र न दुईमा कालिमाटी रामपुर, लक्ष्मीपुर र मार्के गाविस रहेका छन् । अफ्रिकी मुलुकबाट ल्याइने वयर हर्ड जातका बाख्रा तथा बोका वितरण गरिने जिल्ला पशु सेवा कार्यालय सल्यानका वरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाले जानकारी दिनु भयो । यस्तै व्यवसायिक वंगुर पालनका लागि बरला कृषि उत्पादन सहकारी संस्था छनौट गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment