कार्तिक २७ –म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिले स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयलाई शिक्षक उपलब्ध गराएको छ । निजी स्रोतबाट मावि सञ्चालन गरेको विद्यालयलाई वन उपभोक्ता समितिले विगत दुई वर्षदेखि एकजना मावि तहको शिक्षकको तलब उपलब्ध गराउँदै आएको हो । एकजना शिक्षकको तलब मासिक १५ हजार सहयोग गर्दै आएको समितिले गत वर्ष विद्यालय सञ्चालनार्थ नगद तीन लाख ५० हजार अनुदानसमेत उपलब्ध गराएको वन उपभोक्ता समितिका सचिव रामजी सुवेदीले जानकारी दिनुभयो ।

Post a Comment

 
Top