कार्तिक २२ –अमेरिकाले स्लामिक स्टेट आइएस बिरुद्धको कारबाहिमा सहयोग गर्न १ हजार ५ सय गैर लडाकु इराक पठाउने भएको छ । पेन्टागनका अनुसार ति लडाकुलाई अमेरिकी शैन्य बलले तालिम दिएर दक्ष बनाई इराकी शैनिकलाई सहयोग गर्न पठाइने छ  ।

इराक सरकारले कारबाहि अभियानमा सहयोग गर्न औपचारीक आग्रह गरेपछि राष्ट्रपति बराक ओबामाले ति लडाकु इराक पठाउन अनुमति दिएको बिबिसिले लेखेको छ । यसअघि ओबामाले अमेरिकी शैनिक इराक नपठाउने बताउनुभएको थियो ।

पेन्टागनले इराकी सेनालाई प्रशिक्षण दिनकोलागि प्रशिक्षण केन्द्र समेत स्थापना गरिसकेको दाबी गरेको छ । अमेरिकी सेनाले बग्दाद र इरबिल आसपासक शहरमा दुइवटा सैनिक सहायता केन्द्र समेत स्थापना गरेको छ । ह्वाइट हाउसका प्रबक्ता जोस अर्नेष्टले अमेरिकाले इराक र सिरियाको लागि इस्लामिक स्टेट बिरुद्धको कारबाहि अभियानमा सहयोग गर्न त्यसहाको संसदसँग ५ दशमलब ६ अर्ब डलर समेत माग गरेको छ । 

Post a Comment

 
Top