कार्तिक २२ –स्वास्थ्यसँग सम्बन्धित एक सस्थाले पछिल्लो समय लाइबेरीयामा इबोलाको नयाँ संक्रमण दर घटेको जनाएको छ । डाक्टर्स विदाउट बोर्डर्स नामक सो सस्थाले लाइबेरीमा इबोलाको उपचारको लागि खोलिएको एक केन्द्रमा केहि समय यता एक जना पनि बिरामि नरहेको जनाएको छ । यसअघि सो केन्द्रमा बिरामीको संख्या अत्याधिक रहेको सो सस्थाले जनाएको बिबिसिले लेखेको छ । लाइबेरीया इबोला संक्रमणले सबै भन्दा बढि प्रभाबित देश हो । त्याहा करिब ५ हजार जानाको इबोला संक्रमणले ज्यान गैसकेको र अरु १४ हजार प्रभाबित रहेको पनि डाक्टर्स विदाउट बोर्डर्सको दाबी छ । लाइबेरीयामा बिरामीको संख्या घटेपनि पश्चिम अफ्रिकी अन्य मुलुक गिनी र सियरा लियोनमा इबोलाको नया संक्रमण अझै बढ्ने अबस्था रहेको सो सस्थाले दाबी गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment