मंसिर १४ –बाराको बरियारपुमा लागेको गढिमाई मेलामा बलि दिइएका बोका तथा राँगाको व्यबस्थापनमा देखिएको बिबाद अझै टुंगो लाग्न सकेको छैन । मेला व्यबस्थापन समिति र स्थानीयबीचको बिबादका कारण मारिएका राँगा तथा बोकाको व्यबस्थापनमा समस्या भएको हो । मेला व्यबस्थापन समितिले मारिएका रागा तथा बोकालाई बिक्रि गर्ने तयारी गरेपछि स्थानीयले भने गढिमाइको पर्साद बेच्न नपाइने भन्दै बिरोध गरिरहेका छन् । स्थानीय र व्यबस्थापन समितिबीचको बिबाद मिलाउने प्रयासमा आज स्थानीय प्रसासनको रोहबरमा वार्ता गर्ने तयारी भैरहेको मेला व्यबस्थापन समितिका मोतीलाल
शाहाले जानकारी दिनुभयो ।बली दिइएका राँगा तथा बोकाको समयमा नै उचित व्यबस्थापन नहुदा त्यस क्षेत्रमा रोगको संक्रमणको खतरा बढेको स्थानीयले बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment