मंसिर १४ –दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कमा आबद्ध राष्ट्रका निर्वाचन व्यवस्थापन गर्ने निकायको साझा मञ्च फेम्बोसाको बैठक आज पनि जारी छ । बैठकमा सार्क राष्ट्रमा गरिने निर्वाचन प्रकृया, त्यसको लागत, लगायत विषयमा विभिन्न राष्ट्रका प्रतिनिधिहरुले जानकारी गराउने निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले जानकारी दिनुभयो । बैठकको समापन आज दिउसो २ बजे पछि गरिने छ । हिजो उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्नुभएको बैठकमा भुटानले नेपाललाई अध्यक्षता हस्तान्तरण गरेको थियो । फेम्बोसाको अध्यक्षता एक वर्षसम्म नेपालका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले गर्नुहुनेछ । निर्वाचन व्यवस्थापनसँग सम्बन्धित साझा सवाललाई क्षेत्रीय रूपमा सम्बोधन, अनुभव आदानप्रदान, क्षमता अभिवृद्धिका लागि सहकार्य, नवीनतम सीप र प्रविधिको अध्ययन तथा अन्वेषण गर्न भन्दै सन् २०१० मे मा फेम्बोसाको स्थापना भएको थियो ।

Post a Comment

 
Top