मंसिर १४ –संबिधानसभा अन्र्तगतको संबैधानिक राजनीतक सम्बाद तथा सहमती समितिको बैठक आज बस्दै छ । बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकमा संबिधान निमार्ण कार्यलाई गति दिने बिवषयमा छलफल गरिने नेताहरुले बताएका छन् । सत्तारुढ दलहरुले पेस गरेको सात प्रदेशको प्रस्ताब सम्बाद समितिबाट संबिधान सभामा पठाउने विषयमा समितिभित्र बिबाद भएपछि सम्बाद समिति अन्यौलमा फसेको थियो । सत्तारुढ दलहरुले आफहुरुको प्रस्ताब सम्बाद समितिले मुल प्रतिबेदनमै समेटेर अघि बढाउनुपर्ने अडान लिदै आएका छन्, भने विपक्षीहरुले त्यसमा अनुसुचिमा मात्रै राख्न सकिने बताएका छन् । सम्बाद समितिको बैठक बस्नु अघि संविधानसभा भित्रका २० दलको बैठक बस्दै छ । एमाओवादी सहितको २० दलले संविधानसभा सम्बाद समितिमा अपनाउने रणनितिका बिषयमा छलफल गर्ने तयारी गरेका छन् ।

Post a Comment

 
Top