गोरखा, कार्तिक २३ –श्री हिमालय उच्च मावि सौरपानीमा जुनियर रेडक्रश सर्कल र यूवा रेडक्रश सर्कल पुर्नः गठन गरिएको छ । मावि तहमा अध्ययनरत विद्यार्थीहरु मध्येबाट ११ सदस्यीय जुनियर रेडक्रश सर्कल गठन गरिएको छ । जसको अध्यक्षमा कक्षा ९ मा अध्ययनरत अर्जुन उपरकोटी, उपाध्यक्षमा कक्षा ९ मै अध्ययनरत मिलन ढकाल, सचिवमा निशा ढकाल, सह–सचिवमा सजिता पनेरु, कोषाध्यक्षमा अभिषेक भट्ट र सह कोषाध्यक्षमा विनिता थापा चयन हुनभएको छ । यस्तै उच्च मावि तहमा अध्ययनरत विद्यार्थीहरु मध्येबाट पनि ११ सदस्यीय यूवा रेडक्रश सर्कल पनि गठन गरिएको छ । जसको अध्यक्षमा गणेश भुजेल, उपाध्यक्षमा सुस्मिता पनेरु, सचिवमा उमेश खन्खवास, सह–सचिवमा लक्ष्मी भट्ट, कोषाध्यक्षमा दिनेश गुरुङ र सह कोषाध्यक्षमा सरिता गुरुङ चयन हुनुभएको छ ।
विद्यालयका सहायक प्राचार्य ठाकुर प्रसाद पनेरुको अध्यक्षता भएको कार्यक्रममा विद्यालयका शिक्षक राजेन्द्र अंगाईले मन्तव्य राख्नुभएको र नायक रमेश कोइराला र सह–नायक दिल प्रसाद देवकोटाले सपथ खुवाउनुका साथै काम, कर्तव्यको बारेमा जानकारी गराउनुभएका सौरपानीबाट मिलन ढकालले जानकारी दिनुभयो ।

Post a Comment