कार्तिक २३ –इन्टरनेटको डाउनलोड स्पिडमा नेपालले छिमेकी देश भारतलाई पछि पारेको छ । ओक्लास नेट इन्डेक्सका अनुसार भारत भुटान, कम्बोडिया, नेपाल, लाओस, नाइजेरिया र जिम्बावे भन्दा कम डाउनलोड इन्टरनेट स्पिड भएको देशमा परेको छ । नेपालमा औसत डाउनलोड स्पिड ६ दशमलव ९२ छ भने भारतको पाच दशमलव आठ एम.वि.पि.एस मात्रै छ । नेटइन्डेक्सले तयार पारेको इन्टरनेट डाउनलोड स्पिड तालिका अनुसार नेपाल एक सय २९ औं स्थानमा छ भने भारत एकसय ३२ औं स्थानमा छ ।
इन्डेक्सले काठममाडौंमा सबैभन्दा उच्च डाउनलोड स्पिडको इन्टरनेट रहेको जनाएको छ । काठमाडौंमा पाच दशमलव ७६, ललितपुर जिल्लामा चार दशमलव १९ र ललितपुरको जावलाखेल क्षेत्रमा मात्रै तीन दशमलव ५८ एम.वि.पि.एस.को डाउनलोड स्पिड छ । यसैगरी सबैभन्दा उच्च डाउनलोड स्पिड भएको इन्टरनेट हङकङमा छ । जहा औसत ९७ दशमलव १ एमविपिएस डाउनलो स्पिड छ । दोस्रोमा दक्षिण कोरिया रहेको छ । यसैगरी सिंगापुर, रोमानिया र रिपव्लिक अफ मोल्डरोवा क्रमश तेस्रो, चौथो र पाचौ स्थानमा छन् । अमेरिका भने विश्वको २७ औं स्थानमा छ । अमेरिकामा डाउनलोड स्पिड औसत ३१ दशमलव ६२ रहेको छ ।

Post a Comment