कार्तिक १७ –तीन महिना पहिले सर्वे गरिएको कन्चनपुरको बल्मा नदीको पुल निर्माण कार्य बजेट अभाबमा शुरु हुन सकेको छैन । जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरले साउनमा बल्मा नदीमा पक्की पुल निर्माणका लागि सर्वे गरे पनि बजेट अभावका कारण काम सुरु नगरिएको प्रमुख जिल्ला इन्जिनियर कमल अधिकारीले जानकारी दिनुभयो । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दूरीको दैजी–बेल्डाँडी सडकखण्डअन्तर्गत बल्मा नदीमा पक्की पुलको निर्माण कार्य असोजदेखि नै हुने प्राविधिक कार्यालयले जनाए पनि बजेट अभावका कारण पुलको काम हुन नसकेको उहाँले बताउनुभयो ।

Post a Comment

 
Top