कार्तिक १७ –राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेको अर्को नयाँ जाहाज आज काठमण्डौं आउने भएको छ । जाहाज साँझ ५ बजेर १० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने निगमले जनाएको छ । नयाँ जाहाज १८ सिटयुक्त वाइ १२—इ मोडेलको हो । यसअघि चीनले अनुदानमा दिएको जाहाज ५६ सिटको मोर्डन आर्क एम.ए सिक्टीन मोडेलको जाहाज हो । नयाँ जाहाज चिनियाँ प्रशिक्षक पाइलतसहितको टोलिले नेपाल ल्याउनेछ । जाहाज आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सन्चालनका तथा अनुमति प्रमाणपत्र लिने प्रकृया शुरु गरिने र ल्याएको ढेड साताभित्र नियमित ब्यवसायिक उडान शुरु गरिने निगमले जनाएको छ । निगमका अनुसार नयाँ जाहाजले पश्चिम क्षेत्रका दुर्गम भेगका विमानस्थालमा उडान भर्नेछ । निगमको नयाँ आउने जाहाजलाई प्राधिकरणले यसअघि नै नाइन एन—ए.के.एस. कलसाइनका साथै नाम कोइली राखेको छ । नेपाल र चिनबीच भएको जहाज खरिद—बिक्री सम्झौता अनुसार एम.ए सिक्टीन दुइ र वाइ —१२ ई चार वटा उपलब्ध हुने छन् । ति मध्ये एउटा एम.ए सिक्टीन र एउटा वाइ १२ इ अनुदान तथा एउटा एम.ए सिक्टीन र तिनवटा वाइ १२ इ सहुलियत ऋणमा चिनले दिनेछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment