कार्तिक १७ –भारतले पहिलो एक दिवशीय क्रिकेटमा श्रीलङ्कालाई १ सय ६९ रनले हराएको छ । गएराति भएको खेलमा भारतले दिएको ३ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलङ्का ३९ दशमलव २ ओभरमा १ सय ९४ रन बनाउँदै अल आउट भयो । भारतका लागि ईशान्त शर्माले ४, एआर पटेलले र युटी यादवले २–२ तथा रविचन्द्र आश्विन र सुरेश रैनाले एक–एक विकेट लिए । पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ वकेट गुमाएर ३ सय ६३ रन बनाएको थियो । भारतका लागि आजिक्य राहानेले १ सय ११ र शिखर धवनले १ सय १३ रन रन बनाएर शतकीय पारी खेले भने सुरेश रैनाले ५२ रन जोड्नुभयो । टस जितेर पहिले फिल्डीङको निर्णय गरेको श्रीलङ्कालाई बिराट कोहोलीको कप्तानीमा रहेको भारतीय टोलीले कडा चुनौति दिएको हो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment