कार्तिक १७ –चरमपन्थी बिद्रोही संगठन ईस्लामिक स्टेट (आईएस) ले ईराकको अनवर प्रान्तमा पछिल्लो पटक ३ सय २२ जना सर्वसाधरणको हत्या गरेको छ । ईराक सरकारका अनुसार ५० जनाको शब एक पोखरीमा भेटिएको छ भने उनीहरुसंगै अपहरण गरिएका ६५ जना बेपत्ता छन् । उनीहरुलाई युद्ध अपराधीको आरोपमा आईएसले बन्धक बनाएको छ । आईएसले अन्य ५० जनालाई पनि एक गोप्य स्थानमा गोली हानेर हत्या गरेको बिबिसिले जनाएको छ । उसले केही दिन यता लगातार सामुहीक हत्याकण्ड मच्चाईरहेको छ । ईराकको ठुलो भूभागमा नियन्त्रण कायम गरिसकेको आईएसले आफ्ना बिरोधीहरुलाई सामुहिक रुपमा हत्या गर्ने रणनीति नै बनाएको छ ।

Post a Comment

 
Top