कार्तिक १७ –सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले ६ लाख ३१ हजार ३०० मूल्य बराबरको सामान बरामद गरी भन्सारमा बुझाएको छ । भारतबाट भन्सार छलेर नेपाल भित्र्याएको सामान सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो । बरामद गरिएको सामानलाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएको सीमा सुरक्षा कार्यालयले जनाएको छ । सशस्त्र प्रहरीले झापाको भद्रपुर, महेशपुर नाका तथा राजमार्ग जाँचका क्रममा ति सामान बरामद गरेको हो । बरामद गरिएका सामान अधिकांश लत्ताकपडा र हाडवेयरका रहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment