कार्तिक १७ –काठमाण्डौं उपत्यकामा आज बिहान बाक्लो हुस्सु लागेको छ । हावामा पानीको मात्रा प्रशस्त भएको तथा सापेक्षिक आद्रता समेत लगभग शतप्रतिशत भएकाले हुस्सु लागेको जल तथा मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ । बिहान हुस्सु लागेपनि दिउँसो मौसम सफा हुदै जाने तथा बेलुकी पख पहाडी क्षेत्रमा मौसम बद्ली हुने महाशाखाले जनाएको छ ।
यसैबीच बाक्लो हुस्सु लागेको कारण काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थमा हवाई उडान प्रभावित भएको छ । हवाई उडानका लागि कम्तिमा पनि २५ सय मिटरदेखि ३ हजार मिटरसम्मको भिजिबिलिटी आवश्यक पर्नेमा आज बिहान ५ सय मिटर मात्र भिजिबिलिटी भएकोले उडान प्रभाबित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

Post a Comment