कार्तिक १७ –आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा, आराधना, भजन कीर्तन र ब्रत बसी मनाईंदैछ । असार शुक्ल एकादशीमा शिर समुद्रमा शयन गरेका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरी आजको दिन बिउझने धामिर्क मान्यता छ । एकादशीको अवसरमा आज बिहानैदेखि काठमाडौका इंचगु, विशंखु, शेषनारायण, चाँगुनारायण लगायतका विष्णु मन्दिरमा भक्तजनको घुईंचो लागेको छ । आज नै तुलसीको विवाह गर्ने चलन पनि छ ।असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहको रुपमा लिने गरिएको हो ।
एकादशीको अबसरमा काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा आजदेखि हरिबोधनी एकादशी मेला शुरु हुदैछ । आयोजक बुढानीलकण्ठ क्षेत्र विकास समितिका अनुसार मेलालाई व्यवस्थित् र सफल बनाउन १०१ सदस्यीय मूल सञ्चालन समिति गठन गरिएको छ । मेला आगामी २० गते पूर्णिमासम्म चल्ने छ । हरिबोधीनी एकादशीको दिन ब्रत बस्दा मनोकामना पुरा हुने धार्मिक मान्यता छ ।

Post a Comment