मंसिर ८ –नेकपा माओवादीको जारी केन्द्रीय विस्तारित बैठकमा विशेष महाधिवेशन कहिले बोलाउने भन्नेमा मतभेद भएको छ । पार्टीमा चर्किएको विवाद समाधान गर्न मंसिरभित्रै महाधिवेशन डाक्नुपर्ने सचिव नेत्र बिक्रम चन्द पक्षको अडान छ भने संस्थापन पक्षले तयारी नपुग्ने भन्दै आठ महिनापछि बोलाउनुपर्ने अडान राखेको छ । हिजो पहिलो दिनको बैठकमा सविच चन्दले आगामी कार्यदिशा तय गर्न मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने धारणा राखेको केन्द्रीय सदस्य अनिल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थापन पक्षले तयारी नपुगेको भन्दै तत्काल महाधिवेशन सम्भव नभएको बतारहेको छ । आज बैठकमा पेश गर्ने धारणा तय गर्न चन्द पक्ष गृहकार्यमा जुटेको शर्माको भनाई छ । आज बिहान ११ बजे कुपोण्डलमा बस्ने बैठकमा अध्यक्ष मोहन वैद्यले पेश गरेको समसामयिक राजनीति र पार्टीको कार्यदिशाबारेको प्रस्तावमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । अध्यक्ष वैद्यले ‘जनवादीको क्रान्तिको तयारी, संविधानसभा विघटन, क्रान्तिकारी अनुशासित र एकताबद्ध पार्टी’ शीर्षकको ५ बुँदे प्रस्ताव पेश गर्नुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment