मंसिर ८ –सार्क सम्मेलनको आवागमन र व्यवस्थापन सहज बनाउन काठमाण्डौ उपत्यकामा आजबाट जोर बिजोर प्रणाली लागु भएको छ । अत्याधिक सवारी चापलाई व्यबस्थापन गर्न भन्दै महानगरिय ट्रफिक प्रहरी महासाखाले आजबाट १२ गते सम्म यो प्रणाली लागु गरेको हो । जसअन्र्तगत जोर गतेका दिन जोर नम्वरका सवारी साधन र बिजोर गतेमा बिजोर नम्वरका सवारी साधन मात्रै चलाउन पाइने छ । यस्तो प्रणाली लागु भएपछि आज बिहानै देखी षडकमा सवारीको चाप न्युन छ । नियम उलंघन गर्ने सवारीसधानलाई ठाँउठाँउमा चेकिङमा रहेका ट्राफिकले सम्झाएर जताबाट आएको उतै फर्काईदिएका छन् । एम्बुलेन्स, दमकल शबबाहान, तथा गृह मन्त्रालयका पास लिएका सरकारी गाडी, कुटनीतिक नियोग, पर्यटकका हरीयो नम्वर प्लेटका सवारी र प्रेस पास लिएका साधनमा भने यो प्रणली लागु नहुने महाशाखाले जनाएको छ । यसैगरि दुध तरकारी, पानी तथा पेट्रोलयम पदार्थ बोकेका गाडिलाई बिहान ६ बजे अगाडि र राती ८ बजे पछि चल्न दिइने छ । भोली देखी नियम बिपरीत सवारी चलाएको पाइए दुइृ सय रुपैया जरीवाना तिराउने महाशाखा प्रमुख डिआइजी केशब अधिकारीले जानकारी दिनुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment