मंसिर ८ –दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको स्थायी समितिले मन्त्रीपरिषद बैठकमा पेस गर्ने एजेन्डालाई अन्तिम रुप दिने भएको छ । आज बस्ने बैठकमा कार्यसमितिले सिफारिस गरेका विषय तथा हिजो छलफल भएका विषयलाई समेटेर मन्त्रीपरिषद बैठककोलागि एजेन्डा तय गर्ने परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिब संकरदास बैरागिले जानकारी दिनुभयो । काठमाण्डौको सोल्टी होटलमा जारी बैठकले दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता साफ्टा तथा दक्षिण एसियाली सेवा व्यापार एस.ए.टि.आइ.एस.सहित आर्थिक तथा वित्तीय सहयोग, सार्क व्यापार मेला लगायत बिषयमा आज निचोड निकाल्ने सचिब बैरागिले बताउनु भयो ।

Post a Comment

 
Top