कार्तिक २४ –पार्टीको केन्द्रीय समिति बैठक सारेर एमाओवादी अध्यक्ष प्रचण्ड रोल्पातिर लागेपछि नेता बाबुराम भट्टराई असन्तुष्ट पक्ष भने असन्तुष्ट बनेको छ  । मुलुकको राजनीतिक जटिल अवस्थामा पुगेका बेला तत्कालै केन्द्रीय समिति बैठक बस्नुपर्नेमा गाउतिर लागेर प्रचण्डले गल्ती गरेको भट्टराई पक्षको आरोप लगाएको छ  । बैठक अनिश्चितकालका लागि सारेर अध्यक्ष रोल्पा, रुकुम र धनगढीतिर डुल्न जानु सही काम नभएको भट्राई पक्षका नेताहरुले ताबएका छन् । कात्तिक २४ गते केन्द्रीय समितिको बैठक डाक्ने बाबुराम र प्रचण्डवीच सहमति भएको थियो, प्रचण्डले तयारी गर्न नभ्याइएको भन्दै मंसिर १ गते बैठक सार्न प्रस्ताव गर्नुभएको थियो ।
सम्वाद समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्नुपर्ने बेलामा प्रचण्डको रोल्पा भ्रमण समय सान्र्दभिक नभएको भट्राई पक्षको भनाई छ । आज बिहान रोल्पाका कार्यकता, सहिद परिवार र जनयुद्धका घाइते अपांगहरुसंग भोटघाट गर्नको लागि अध्यक्ष प्रचण्डसहित महासचिव कृष्णबहादुर महरा, सविच वर्षमान पुन, नेता नन्दकिशोर पुन लगायत नेताहरु रोल्पा प्रस्थान गरेका हुन् ।

Post a Comment

 
Top