त्यस्तै ०६७ सालतिरको कुरा । सागर लम्साल अर्थात भद्रगोलका बले विदेश जाने सुरमा आयल्स पढ्ने सोचमा पुगे । कलाकारितामा आउने उनको त्यति इच्छा थिएन सायद । तर भाग्यको फल उनी अहिले निक्कै चर्चामा छन् । भद्रगोल र बले नामले चिनिन उनलाई त्यति सजिलो थिएन ।
उनको संघर्षको कथा निक्कै पीडादायी छ । स्याङ्गजा चिन्नेवासका उनी हाँस्यबिधामा पसे । तर यो बिधामा पश्चिमतिरका मान्छे त्यति थिएनन् । स्याङ्गजा र गण्डकी अञ्चलबाट यसरी चर्चामा आउने हास्यकलाकारमा बले नै हुन भन्दा फरक पर्दैन । बले भएर चिनिन उनले के के गरे त ? विदेश पढउन घरकाको जोड थियो ।
भारतमा चार्टड एकाउण्टेन पढ्न समेत सागर पुगेका थिए । भारतबाट पनि उनी साथीहरुको संगत गतिलो नदेखेर बिविए पढ्न थाले । बिबिएको दास्रो सेमेष्टरका बेला उनलाई जण्डिस भयो । घरकाले नेपाल फर्कन आग्रह गरेपनि उनी नेपाल आए । त्यसपछि आमाले फेरी विदेश पढ्न जान आग्रह गरेपछि आयल्स पढ्न पैसा बोकेर आयल्सतिर लागे । पुतलीसडकको इन्भेष्टमेन्ट बैंक नजिकै पुग्दा मनमा अचानक अर्कै सोच आयो ।
र उनी लागे एमआर थिएटर पुरानो बानेश्वर वीरेन्द्र हमाल कहाँ । हमालसँग उनी अभिनय सिक्न चाहन्थे । नसोचेको सोच अचानक आएपछि उनी अभिनय सिक्न थाले । हातमा पाँच हजार थियो तर तीन महिनाको २० हजार तिर्न पर्ने थियो । उनले हमाललाई भने ‘ मेरो बावुआमा गाउमा हुनुहुन्छ म एक्ै पढ्न बसेको हो भनेर ढाँटे । पढ्न पठाएको पैसाले अभिनय सिक्न थालेको बताएपछि हमालले लौ हुन्छ
सिकाउछु मात्रै भनेन उनले त सागर सँग भएको खुवी चिनिसकेका रहेछन अनि थपे एक बर्ष सम्म पनि सिकाउछु पैसासँग सरोकार भएन् । ’ अभिनय सिक्दै गर्दा उनले बिबिएस पढ्न थाले । अभिनय सिक्न थालको आमाले थाहा पाउनुभएछ । त्यसपछि झुटो किन बोलिस भनेर आमाले पनि विश्वास गर्न छाड्नु भयो । कलाकार बनेर के गर्छस् ? नेपालमा भविष्य छैन भन्दै आमाले विदेश जान आग्रह गर्नुभयो । दाइले पनि उत्तिकै विदेशका लागि जोड दिनुभयो । आमालाई फकाएर सागरले बिविएस यही सिध्याएर डिग्री पढ्न बिदेश जाने बताए । आमाको सहमतिपछि उनी अभिनय तिरै लागे । गुरु वीरेन्द्र हमालसँगै माया नामको नाटक समेत गर्ने मौका पाए उनले । त्यति नै बेला उनले बिविएस पनि सिध्याए । दैव सञ्जोग त्यतिबेला छविराज ओझाको लोफर चलचित्रमा कलाकार छनौट चलिरहेको थियो । उनी छनौटमा समेत परे । अनि लोभरमा बले नामले नै एउटा घरायसी काममा सघाउने भूमिकामा देखिन पाए । त्यो बले नामको पात्रको निक्कै तारिफ भयो । दर्शकले पनि रुचाइदिए । त्यही पात्रबाट अवार्डमा समेत परका उनी कसरी भद्रगोलमा पसे छ ?
लोफर चलचित्र कुमार कट्टेल र अर्जुन घिमिरे पाँडे पनि हेरेका रैछन् । त्यो पात्रले पनि उनीहरुलाई निक्कै छोएछ । त्यसपछि कुमारले सागरलाई फोन गरेछन् । लोफरमा रहेको पात्रको भूमिका फिल्ममा छोटो भयो जति देखिन पर्ने थियो त्यति भएन । तपाई भद्रगोलमा आउनुहोस त्यो पात्रलाई न्याय म दिलाउँछु भनेछन् ।
लोफर चलचित्र कुमार कट्टेल र अर्जुन घिमिरे पाँडे पनि हेरेका रैछन् । त्यो पात्रले पनि उनीहरुलाई निक्कै छोएछ । त्यसपछि कुमारले सागरलाई फोन गरेछन् । लोफरमा रहेको पात्रको भूमिका फिल्ममा छोटो भयो जति देखिन पर्ने थियो त्यति भएन । तपाई भद्रगोलमा आउनुहोस त्यो पात्रलाई न्याय म दिलाउँछु भनेछन् ।
त्यसपछि सागरको यात्रा भद्रगोलतिर सुरु भयो । उनी भद्रगोल आइपुग्दा १८औ भागमा चल्दै थियो । झट्ट हेर्दा सवै कलाकार आफ्नै उमेरका । काम गर्न पनि सजिलो हुने भयो भनेर उनी भद्रगोलमा बलेको भूमिकामा देखिए । गएको २ भाग खेलेपछि उनले ४ भाग खेलेनन् । पछिल्ला २ भागले बलेको चर्चा बढ्यो । त्यत्तिकैमा डिग्री पढ्न क्यानडाको तयारी गर्न थालेका सागरलाई धर्मसंकट परो ।
अनि कुमार र अर्जुनलाई म क्यानडा जाने सोचमा छु भनेर सुनाएछन् । दुइ जनाले भने पढ्ने यतै पढे पनि हुन्छ तपाइको भविष्य हामीले देखेका छौ भनेपछि उनी भद्रगोलमै अडिए । उनलाई कुमारले भनेको कुरा अझै ताजा लाग्छ ‘मान्छे आत्तिन र मात्तिन हुँदैन । ’ सवैको उमेर मिल्दो जुल्दो भएकाले सँगै काम गर्न भनेपछि बलेको यात्राले नयाँ मोड लियो । भद्रगोलमा देखिन थालेपछि उनको अभिनयको चर्चा निक्कै भयो ।
राम्रो प्रतिक्रिया आउन थालेछन् । फ्यान पेजमा समेत अभिनयको चर्चा निक्कै आयो । गएको दशैताका सागर दुर्घटनामा मरेको खवर आयो । झुटो खवरले पनि उनको चर्चालाई झन् माथि लैजान मद्दत भयो । सागर भन्छन यो हल्लापछि झन् नेपालमै बस्ने हौसला बढ्यो । अरु नभएपनि मान्छे त कमाएको रैछु भन्ने लागेछ उनलाई । उनले यस्ता समेत शुभेच्छुक भेटेछन मरेको हल्लापछि दुई दिनसम्म खाना नै नखाएका बच्चा भेटिए ।
धेरैलाई फोन गरेपछि सागर नम्बर पत्ता लागेपछि बच्चाको बुवाले फोन गरेर रोएछन । र, भनेछन ‘थोरै समयको लागि भएपनि घर आइदिनु ।’ उनको घर पुगेपछि बच्चाले निक्कैबेर अंगालोमा रोए । त्यसपछि पनि नाम कमाइएको रैछ भन्ने लाग्यो सागरलाई । अहिले उनलाई पश्चिमका धेरै जिल्लाबाट स्टेज कार्यक्रमका लागि अफर आउन थालेको छ । हाँस्य बिधाबाट प्रतिनिधित्व गरेका सागर लम्साललाई जन्म जिल्ला स्याङ्गजालाई समेत चिनाउन मन छ ।
Post a Comment