असोज २१ –सिराहामा आर्थिक रुपले विपन्न, असहाय र एकल महिलालाई कथित बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने, मानव मलमूत्र कोच्याउने र आर्थिक जरिवाना गर्ने क्रम बढ्दै गएको छ । घरमा पालेको गाईभैंसीले कम दूध दिँदा, रुख विरुवा सुक्दा समेत कथित बोक्सीको आरोप लगाइने गरेको पाइएको छ । सिरहाको मिर्चैयाकी ५५ वर्षीया पतसिया देवीले त्यस्तै नियति भोग्नुपरेको छ । जेठो छोरो एमविविएस र कान्छो आइएससी पढ्दै गरेको अवस्थामा पनि छोराहरुलाई बोक्सीको मन्त्र प्रयोग गरेर पढाएको भन्दै कैयौंपल्ट गाउँलेहरुले कुटपिट र दुव्र्यवहार गरेको पिडित उहाँले दुख पोख्नु भयो । पतसियाले भन्नुभयो– ‘प्रहरीकामा उजुरी गर्न जाँदा गाउँघरमै मिलाउनुस् भन्दै फर्काइदिन्छ ।’ बोक्सी र महिला हिंसासम्बन्धी घटनाको उजुरी लिएर जाँदा राजनीतिक दलका स्थानीय नेताहरुले प्रहरी प्रशासनलाई प्रभावमा पारेर घटनालाई मिलाउने गरेको गुनासो उहाँको छ । त्यस्तै सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाविसकी ४५ वर्षीया रामपरी यादवले आफूलाई गाउँमा कथित बोक्सीको आरोपमा पटकपटक दुव्र्यवहार गरिरहेको गुनासो गर्नुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment