असोज २१ –संसदबाट बजेट पारित गर्न ढिलाई हुँदा आर्थिक वर्षको सुरुमै सरकारी ढुकुटीमा ठुलो परीमाणमा रकम थुिप्रएको छ । अघिल्लो वर्षको बचत र चालु आर्थिक वर्षमा जम्मा भएको राजस्व तथा वैदेशिक सहायताले सरकारी ढुकुटीमा बचतको अवस्था उच्च भएको छ । असोजको दोस्रो सातासम्म सरकारी ढुकुटीमा ७० अर्ब रुपैयाँ बचत छ । आर्थिक वर्षको सुरुका साँढे दुई महिनामै यति धेरै पैसा ढुकुटीमा थुिप्रएको यो पहीलोपटक हो । गत आर्थिक वर्षको करिब २५ अर्ब रुपैयाँ बचत यो वर्षका लागि सरेको थियो । चालु आर्थिक वर्षकै पनि करिब ४५ अर्ब रुपैयाँ बचत छ ।
सरकारले चाडवाड भत्ता भनेर निजामति, शिक्षक, सेना, प्रहरी लगायतलाई दशैमा करिब ११ अर्ब रुपैयाँ चाडबाड भत्ता बाडेपछि सरकारी खातामा यति धेरै रकम थुप्रिएको हो । यो अवधिसम्म पुँजीगत शीर्षकमा निकै थोरै पैसा खर्च भएको छ । साढे दुई महिनाको अवधिमा जम्मा दुई अर्ब ६० करोड रुपैयाँ मात्रै पुँजीगत खर्च भएको छ ।
यही कारण सरकारी खातामा यति ठूलो रकम जम्मा भएर बसेको हो । ठूला आयोजनामा पैसा खर्च नभएको भन्दै अर्थमन्त्रीले काम छिटो गर्न यस अघिनै निर्देशन समेत दिनुभएको थियो । बजेट पारित नभएपनि बहुवर्षीय ठेक्का प्रणालीमा गएका आयोजनाहरुका लागि साउन महिना देखि नै खर्च गर्न कुनै व्यवधान नभएपनि त्यस्ता आयोजनामा पनि रकम खर्च हुन सकेको छैन ।

Post a Comment